मातृभाषा पत्रकारिता दिवस मनाइयो

ललितपुर, ७ जेठ । नेपाल भाषाको पत्रकारिता सुरुवात भएको ९० वर्ष पुगेको सन्र्दभमा शुक्रबार मातृभाषा पत्रकारिता दिवस मनाइयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो । नेपाल संवत् १०४५ ९विसं १९८२० बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्य ९जगतमान वैद्य० ले ‘बुद्ध धर्म र नेपाल भाषा’ नामक पत्रिका प्रकाशन गर्नुभएको थियो र यसै ऐतिहासिक दिनको संस्मरणमा दिवस मनाइएको हो ।

यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको अध्ययनले प्रमाणित गरेको र यसैलाई आधार मानेर मातृभाषा पत्रकारिता दिवस मनाइएको राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।
यसै अवसरमा आज धर्माचार्यको जीवनीसँग सम्बन्धित विभिन्न ऐतिहासिक दस्तावेजहरु र उनले निकाल्नुभएका पत्रिकाका विभिन्न अङ्कहरुको प्रर्दशनी गरिएको थियो । त्यसैगरी, ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्यको सालिकमा माल्यार्पण गरी प्रभातफेरी पनि गरियो ।

पुल्चोकबाट सुरु भएको प्रभातफेरी गाःबहाल, मङ्गलबजार, च्यासल हुँदै भोलाखेलस्थित ज्यापू प्रज्ञा भवनमा पुगेर समापन भएको थियो । सो ¥याली नेपाल पत्रकार महासङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, नेपाल मधेसी पत्रकार समाज र पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसूचित हुने हक रहेको बताउँदै उनीहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।

समारोहमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका संस्थापक अध्यक्ष चन्द्रसिह कुम्लुङ्ग र नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष सुरज व्यञ्जनकारले मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो ।